भारतीय सीमालाई छिटो सिलबन्दी गरौं :अमेरिकाले नेपाललाई चौतर्फी घेराबन्दी गर्दै : नेता देव गुरुङ

काठमाडौं,जेठ,२५ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक तथा  नेता देव गुरुङले भने अमेरिकाले नेपालमाथि चौतर्फी घेराबन्दी गरेको छ। 

 

 प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दलका प्रमुख सचेतकसमेत रहेका उनले सुरक्षा र सामरिक विषयमा नेपाल अमेरिकाको दबाबमा परेको बताएका उनले टिप्पणी गरेका छन् ।

 

‘सुरक्षाका सामरिक क्षेत्रहरुमा हाेस्, चाहे सेक्युरिटी प्रिन्टिङ प्रेस होस्, चाहे स्टेलाइट नेटवर्क होस् सबै क्षेत्रहरुमा उसको सफ्टवेयर निर्माण गर्ने उसका कम्पनीहरुको जिम्मा लगाउनुपर्ने यस्ता प्रकारका घेराबन्दीहरु दबाबहरु परिराखेको अवस्था हाे।

 

सांसद गुरुङले अमेरिकाले आफ्नो रक्षा रणनीति इन्डोप्यासिफिक स्ट्राटेजीमा नेपाललाई राखिराखेको भन्दै त्यहाँबाट हटाउन सरकारले पहल गर्नुपर्ने बताए ।त्यो लिस्टबाट हटेको छैन, त्यसलाई हटाउन भन्नमा ढिलाई भइरहेको छ’ उनले भने ।

 

अन्तर्राष्ट्रिय राजनीतिमा शीतयुद्ध, व्यापारिक युद्धजस्ता गतिविधि भइरहेको भन्दै सांसद गुरुङले नेपालले असंलग्न परराष्ट्र नीतिलाई ख्याल गर्नुपर्ने बताए । ‘अन्यथा नेपालकको अस्मिता समाप्त हुन सक्छ,विदेशी अखडा बन्न सक्छ हामी वेलैमा सजग हुन जरूरी रहेकाे ,उनले भने ।

अमेरिकी दबाबमा कोरियाका नागरिक निस्काशन 

इन्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) ले नेपाललाई विभिन्न क्षेत्रमा आफ्नो नीति लागू गर्न दबाब दिइरहेको र आईपीएसको दबाबले कतिपय कुरामा नेपालले सन्तुलन गुमाउन पुगेको पनि उनले बताए ।

अमेरिकी दबाबमा नेपालमा रहेका उत्तर कोरियाका नागरिक निस्काशन गरिनु त्यसको उदाहरण भएको पनि बताए।

‘उनीहरुको दबाबको कारणले कुनै प्रकारको नराम्रो सम्बन्ध नरहेको उत्तर कोरियाका नागरिकलाई अनाहकमा यहाँ (नेपाल) बाट निस्काशन गर्ने प्रक्रियाहरु भइराखेको छ । यो अन्तर्राष्ट्रिय नीतिको असन्तुलनको उपज हो’ उनले भने ।

भारतीय सीमालाई छिटो सिलबन्दी गर्नुपर्छ

नेकपा संसदीय दलका प्रमुख सचेतक गुरुङले भारतीय सीमालाई छिटो भन्दा छिटो सिलबन्दी गर्नुपर्ने पनि बताए ।

 

कोरोना महामारी रोकथामका लागि सीमा बन्द भएको अहिलेको समय सधैंका लागि सीमा सिलबन्दी गर्ने सुनौली अवसर भएको उनले बताए । ‘खुला सीमानालाई नियन्त्रण गर्दै छिटो भन्दा छिटो सिलबन्दी गर्ने प्रक्रियामा लैजानुपर्छ’ गुरुङले भने, ‘मलाई लाग्छ यसमा भारत र नेपाल सरकार दुबै सरकार सहमत छ ।

 

कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा प्रकाशित हुनुलाई सबैले सकारात्मक रुपमा लिएको उल्लेख गर्दै उनले नक्सामा आएको भूमिलाई फिर्ता ल्याउने गरी कुटनीतिक पहल गर्न सरकारलाई आग्रह गरे ।‘कालापानीको अतिक्रमित जग्गा छिटो भन्दा छिटो फिर्ता गराउन सक्नुपर्छ’ उनले भने । हाेइन भने भारतले यही मिसिमबाट जाने हाे भने भाेलिका दिनमा नेपालले कालापानीकाे भुभाग ल्याउन नसक्ने अवस्था आउन सक्छ यस्ता सिमा विवादका कुरामा सरकारले छिटाे भन्दा छिटाे पहल  कदमी चालन जरूरी रहेकाे पनि उनले बताए।