क्वारेन्टाईनमा राख्नका लागि मान्छे बोकेको टिप्पर कालिकोटको लालिघाट बजार नजिकै दुर्घटना  

-कमल कोपिला

 

कालिकोट ,जेष्ठ २८ ।कालिकोट जिल्लाको कर्णाली करिडोर अन्तर्गत रेंगिल र लालिघाट बजारको बिचमा रहेको मन्दिर नजिकै बुधबार बिहान ०९:३० बजे ना ८ ख ५१३३ नम्बरको टिप्पर दुर्घटना भएको छ।

 

टिप्पर कालिकोटको रास्कोट नगरपालिकाका नागरिक बोकेर रास्कोट जादैगरेको खुल्नमा आएको छ । अनुमानित ३९ जना छिमेकी मुलुक भारत र देशका बिभिन्न जिल्लाबाट आएका र क्वारेन्टाईनमा राख्नका लागी रास्कोट नगरपालिकाले प्रापक गरेको बताईएको छ ।

 

उक्त दुर्घटनामा ४ जनाले हाम फालेर बाँच्न सफल भएका हुन भने ३ जनाको लास भेटिएको र बाँकी सबै जना बेपत्ता भएको खबर आएको छ।नगरपालिकाले लैजादै गर्दा कहाँबाट कति जना आएका हुन भन्ने यथार्थ प्रमाण जुटाई नसकिएको प्रहरीले जनाएको छ ।

 

हामफालेर बाँच्न सफल भएका ४ जनाको जिल्ला अस्पताल मान्ममा उपचार भईरहेको छ। र क्षमता भन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । टिप्पर सडकबाट कर्णाली नदिमा खसेको हो । दुर्घटना भएका मान्छेको पहिचान हुन भने सकेको छैन ।