कोरोना संक्रमण थप २५० जनामा पुष्टि,१८७ जना डिस्चार्ज

काठमाडौं,जेठ,२९ । नेपालमा पछिल्लाे २४ घण्टामा थप २५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। याे सँगै संक्रमितको संख्या ४६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ ।

उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ८६१ जना डिस्चार्ज भएका छन् ।

कहाँ कति थपिए संक्रमित 

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएका छन्।

 

यस्तै सप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७र७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४र४ जना, झापा र सुनसरीका ३र३ जना तथा कपिलवस्तु र बझाङका २र२ मा संक्रमण पुष्टि भएको छ ।

थप १८७ जना डिस्चार्ज

यस्तै पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ ।

 

मन्त्रालयकाअनुसार देशभरका आइसोलेसनमा ३ हजार ७३८ जना छन् भने क्वारेन्टिनमा १ लाख ६२ हजार १२ जना छन् । अहिलेसम्म १ लाख १५ हजार ९३० पीसीआर टेष्ट भएको छ भने १ लाख ७८ हजार १४३ आरडीटी टेष्ट भएको छ।