यूएईबाट ३३ किलो सुन प्रकरणका एक आरोपीलाई काठमाडौं ल्याइयो

काठमाडाै,असार २७। यूएईमा पक्राउ परेका ३३ किलो सुन तष्करीमा संलग्न रहेको आरोप लगेका एक जना नेपालीलाई शनिबार नेपाल ल्याइएको छ।

 

  इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर आज काठमाडौं ल्याइएको छ ।

 

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।

 

 गत माघमा युएईमा समातिएका उनलाई कानुनी प्रक्रिया पूरा गरी आज नेपाल ल्याइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खड्कालाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको विमानस्थल प्रहरीले जनाएको छ।