सीतापाइलामा युवतीमाथि एसिड प्रहार

काठमाडौं,साउन,८ ।काठमाडाैकाे सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । उनको अनुहारमा एसिड प्ररेको प्रहरीले जनाएकाे छ। र, कीर्तिपुरस्थित अस्पतालमा लगिएको महानगरीय प्रहरी परिसर स्राेतले जानकारी दिएकाे छ ।

 

ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरी स्राेतले बताएको छ । घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार भएको प्रहरीले जानकारी दिएकाे छ।

 

प्रहरीका अनुसार एसिड प्रहार गर्नेको खोजी कार्य भइरहेको जनाएकाे छ।  एसिड प्रहार के कति कारणले भएकाे हाे थप अनुसन्धानमा पछि सबै रहस्य खुल्ने प्रहरी स्राेतले जानकारी दिएकाे छ।