रञ्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता

काठमाडौं, साउन ८ । श्रीमतीको हत्या अभियोगमा आठ वर्ष जेल बसेका रञ्जन कोइरालालाई विहीवार सँजाय छुट दिने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दर्ता भएकाे छ।  

महान्यायाधिवक्ताको कार्यालयले विहीबार सो निवेदन सर्वोच्च अदालत पठाएको महान्यायाधिवक्ताको कार्यालय जनाएकाे छ।  

कार्यालय समय सकिनु केही बेर अघि मात्र निवेदन सर्वोच्च अदालतमा पेश भएको भए पनि निवेदन रुजुको काम बाँकी रहेकाले शुक्रबार रुजु र दर्ता हुने अदालत स्रोतले जनाएको छ ।

सर्वोच्चको सजायँ अवधि घटाउने निर्णयमा चित्त नबुझेकाले सो कार्यालयले उक्त निवेदन दिएको हो ।

 

पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो । प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सोही फैसलाका आधारमा कोइराला बिहीबार छुटेका छन्।

 

फैसला उल्ट्याउन सक्ने नयाँ प्रमाण आएमा वा सर्वोच्च अदालतले त्यस्तै प्रकृतिको मुद्दामा पहिलेको व्याख्या भन्दा फैसला फरक ढंगले गरेमा पुनरावलोकनको निवेदन दिन सकिनेछ ।सर्वोच्च अदालतको फैसला चित्त नबुझे दुईवटा आधारमा पुनरावलोकनको निवेदन दिन सकिने कानुनी व्यवस्था रहेकाे छ । 

 

कोइरालाले पत्नी गीता ढकाल कोइरालाको हत्या गरी बोरामा राखेर मकवानपुरको टिस्टुङमा लगेर जलाएका थिए । बिहीबार रञ्जन रिहा हुँदा प्रेमिका तारा रेग्मी कार लिएर उनलाई लिन गएकी थिइन् ।