नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि,४ सय २५ जना डिस्चार्ज, कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडाैं,साउन २३। नेपालमा थप ४६४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार ७ हजार ९ सय २६ पीसीआर परीक्षण गर्दा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो ।

 

नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । काेराेना संक्रमण जितेर डिस्चार्ज भएर घर फर्किनेकाे संख्या ४ सय २५ पुगेकाे छ। मृतककाे संख्या ७१ पुग्याे ।

कुन जिल्लामा कति थपिए संक्रमित

सबै भन्दा धेरै काठमाडौं  ९२ जना ,ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।