नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि,थप दुई जनाको मृत्यु, कुन जिल्लामा कति भेटिए संक्रमित  

 काठमाडौं,साउन २९ । नेपालमा थप ५२५ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएकाे छ। थप दुई जनाको मृत्यु भएको छ।  

याे सँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । उनीहरुमध्ये ९६ जनाको मृत्यु भएको छ भने १६ हजार ८३७ जना निको भएका छन् ।

कुन जिल्लामा कति भेटिए संक्रमित  

मन्त्रालयका अनुसार देशभरका ३८ वटा ल्याबमा ९ हजार ८५९ नमुना परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र १२७ जना कोरोना संक्रमित भेटिएका छन् ।

सबै भन्दा धेरै काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना ,मोरङका ८८, धनुषाका ५३, पर्साका ३९, मकवानपुरका २८, सर्लाहीका २६, रौतहटका २५, कविलवस्तुका २१, सुनसरी र महोत्तरीका २०/०२० जना, रुपन्देहीका १२, चितवनका ११, बाँकेका १० र काभ्रेका ८ जना ,इलामका ४ जना, रामेछाप, प्युठान, कास्की, नवलपुर र बर्दियाका ३/३ जना, झापा, सिराहा, सिन्धुली र दाङका २/२ जना तथा उदयपुर, बारा, नुवाकोट, दोलखा, नवलपरासी, तनहुँ, पाल्पा, सुर्खेत, बैतडी र डोटीका १/१ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थप दुई जनाको मृत्यु

धनुषाको मिथिला नगरपालिका–७ ढल्केबरकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बुधबार राति मृत्यु भएको छ ।

अछामको रामारोशन नगरपालिका–५ का १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।