नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १६८जना,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडाैं,भदाै १।नेपालमा थप ५८१ जनामा काराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भएका छन्।  मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

  काठमाडौं उपत्यकामा १६८ जना संक्रमित देखिएका छन् । जसमध्ये काठमाडौंमा १०९, ललितपुरमा १५ ,भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएकाे छ।   कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्‍टामा घर फर्किनेकाे संख्या १५९ जना रहेकाे छ।  थप ३ जनाकाे मृत्यु भएसँगै मृतककाे संख्या १०७ जना पुगेकाे छ।

कुन जिल्लामा कति थपिए संक्रमित

उपत्यकामा थप १६८ संक्रमित थपिएका छन् । सबै भन्दा धेरै काठमाडौंका १३९ जना ,पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, ललितपुरका र कास्कीका १५/१५ ,भक्तपुरका १४ जना , कञ्चनपुरका १२,  रौतहटका ११ जना ,झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४/४ जना, धनुषा र जुम्लाका ३/३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २/२ तथा सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १/१ जनामा पनि संक्रमण देखिएको छ ।