नेपालमा थप एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप २०५ जना,कुन जिल्लामा कति थपिए संक्रमित

 काठमाडौं,भदाै २।  नेपालमा थप १ ० १६ जनामा काराेना संक्रमण भएकाे छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार आज मंगलबार १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेकाे छ । त्यस्तै काठमाडौं उपत्यकामा २०५ जना रहेका छन् । काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमण भेटिएकाे छ।

कुन जिल्लामा कति थपिए संक्रमित

 काेराेना संक्रमित सबै भन्दा धेरै काठमाडौंमा १३८,पर्सामा १२८ जना, मोरङमा १०८, सर्लाहीमा १०७, धनुषामा ६४,ललितपुरमा ५० ,चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१/२१ जना, कपिवलस्तुमा १९,भक्तपुरका १७ जना, सिराहा र कास्कीमा १६/१६ जना र रुपन्देहीमा १४ जना ,बर्दियाका ९ जना, सुनसरीका ८, बाँकेका ६, दैलेखका ५, नवलपुरका ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ३/३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलाका २/२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।