उपत्यकामा निषेधाज्ञा पालना नगर्ने पहिलो दिनमै कति परेत कारबाहीमा

काठमाडौं,भदौं ४ । आज निशेधाज्ञाकाे पालना नगर्ने  अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेर छाडिएको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभागका प्रवक्ता एसएसपी शुसिलकुमार यादवले काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा निषेधाज्ञाको पूर्ण रुपमा पालना भएको जानकारी दिनुभयो । निषेधाज्ञामा पनि बाहिर हिडडुल गर्ने काठमाडौका ४३७ जना, ललितपुरका ४९८ जना र भक्तपुरमा २३५ जनालाई होल्डमा राखेको हो ।

उपत्यकाको सडकमा मात्रै निशेधाज्ञाको पूर्ण रुपमा कार्यान्वयन गराउन ३३ सय प्रहरी परिचालन भएको एसएसपी यादवले जानकारी दिनभुयो। यादवका अनुसार अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ ।

 

त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उहाँले यो कार्य निरन्तर हुने बताउनुभयो । कोभिड नियन्त्रण भन्दा बाहिर जान नदिन प्रहरीले प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

उपत्यकामा भाद्र ४ गते देखि १० गतेसम्मको लागि जारी गरेको निषेधाज्ञा पहिलो दिन बिहीबार काठमाडौ,भक्तपुर र ललिलपुरमा पुर्णरुपमा पालना गराउन प्रहरी सकृय भएको उहाँले बताउनुभयो ।

भक्तपुर जिल्लामा मनहरा पुलदेखि साँगासम्म सवारी साधनहरुको भिड हुने भएकाले निशेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरी परिचालन गरिएको छ । भक्तपुरमा प्रहरीले विना काम हिडडुल गर्ने २३५ जनालाई प्रहरीले दुई घन्टासम्म होल्डमा राख्ने गरेको छ ।

महानगरीय प्रहरी वृत जगातीका डिएसपी चक्रराज जोशीले बिना काम बाहिर निस्कनेहरुलाई दुई घन्टा होल्डमा राखिएको जानकारी दिनुभयो। बिना पास र अत्यावश्यक सेवा बाहेकले हिड्ने सवारी साधनहरुलाई समेत प्रहरीले होल्डमा राखेको छ ।

काठमाडौंका मुख्य सडक तथा शाखा सडकहरुमा अतिआवश्यक कामका बाहेक अन्य सवारी साधनहरु संचालन भएका छैनन् । उपत्यकामा प्रवेश गर्ने साँगा, थानकोट नाकामा निक्कै कडाइ गरिएको प्रहरीले जनाएको छ । पहिलो दिने भएकाले निषेधाज्ञा उल्लंघन गर्नेलाई सरुवा रोग संक्रमण ऐन २०२० अनुसार कारवाही गरिने एसएसपी यादवले जानकारी दिनुभयो ।