सरकारलाई कांग्रेसको आग्रह : अप्ठ्यारोमा परेका खाडीका श्रमिकलाई निःशुल्क उद्वार गर्न माग

काठमाडाैं,भदाै ६।  नेपाली कांग्रेसले प्रवासमा बेखर्ची भएका नेपालीलाई सरकारले महंगो चार्टर फ्लाईटमा उद्धार गर्न लागेको भन्दै असन्तुष्टि जनाएको छ। उच्च मानवीय भावना साथ ‘संकटमा उद्वार मातृभूमिको कर्तव्य’ आत्मसात गर्न कांग्रेसले सरकारलाई आग्रह समेत गरेको छ।

 

 आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले सर्वोच्च अदालतले असार १ गते ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परी नेपाल आउन चाहेका श्रमिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियाे।

तर  सरकारले सबै खर्चको भार श्रमिकलाई बोकाएर पिडामाथि झन पिडा थप्न लागेको भन्दौ कांग्रेसले सरकार प्रति असन्तुष्टि जनाएको छ।

 

‘खाडीका श्रमिक बर्ग शत्रुु हुन् प्रधानमन्त्रीज्यू ? सर्वोच्चको आदेश उल्लंघन गर्दै महंगो टिकटसंगै सबै खर्च बोकाउनु मानवियता कि सर्वहारा माथि अधिनायकवाद ?

असार १ गते सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्नु भनी सरकारका नाममा आदेश जारी गरेको थियो।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।प्रवासी नेपाली जो जुन देशमा हुन् अप्ठ्यारोमा परेकालाई स्नेह र सहाराको हात दिनु राज्यको दायित्व थियो र हो ।

 

‘६ महिनादेखि बेरोजगार भएर बसेका खाडिका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ ? विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?

 

भदौ १६ बाट नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्धित गरिएका कतिपय देशका नेपाली श्रमिक यो न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौं लाग्ने र उद्वारको कछुवा गति भित्र विदेशका अन्य देशमा पनि पिडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै नभएको कांग्रेसले आरोप लगाएको छ।

 

सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्वार गर्न खोजेपनि मानवीय भावना कम उद्वारमा ब्यापारको मस्तिष्क धेरै खपत भएको कांग्रेसको भनाई छ।

 

‘अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘बर्ग शत्रु’, को ब्यवहार ? विज्ञप्तिमा उल्लेख गरेको छ।