संकट व्यवस्थापन र उपत्यका मेयरहरुबीचको बैठकले एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस

काठमाडौं,भदौ ९ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका पदाधिकारी र उपत्यकाका मेयरहरुबीच भएको बैठकले सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार भएको बैठकले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

 

 

 संकट व्यवस्थापन केन्द्रका केही पदाधिकारी र काठमाडौं मेयरहरुबीच भएको बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता  निषेधाज्ञा जारी राख्न सिफारिस गरिएको हाे ।उपत्यकाका सीडीओहरुले ३ भदौको मध्यरातिबाट लागू हुने गरी एक साताको निषेधाज्ञा लागू गरेका थिए त्याे अबधि बुधबार सकिँदैछ।

 

बैठकमा सहभागी एक अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् । यद्यपि, एक अधिकारीले भने निषेधाज्ञाबारे ‘माथिको आदेश’ उपत्यकाका सीडीओहरुले पर्खिएको बताए ।