उपत्यकामा कोरोना संक्रमण नियन्त्रण गर्न नयाँ रणनीति

काठमाडौं,भदौ ११।उपत्यकामा कोरोना संक्रमित बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञासँगै नयाँ रणनीति तयार गरेको छ । उपत्यकाका काठमाडौं र ललितपुर महानगरपालिकासहित १८ नगरपालिकाको फोरमले नयाँ रणनीति तयार गरेको हो ।

 

स्वाथ्य मन्त्रालयका विज्ञ, स्वाथ्य सेवा विभागसहितको टोलीसँग छलफल गरी उपत्यकामा कोरोना नियन्त्रण गर्न नयाँ रणनीति ल्याएको हो ।

रणनीतिअनुसार उपत्यकामा एकजना संक्रमतिसँग सम्पर्कमा आएका १३ जनासम्मलाई पीसीआर परीक्षण गर्ने निर्णय गरिएको छ । उपत्यकामा झन्डै ३ हजार ५ जना संक्रमित छन् ।

 

तीमध्ये एक संक्रमितसँग सम्पर्कमा आएका १३ जनाको पीसीआर परीक्षण गरिने भएको हो । सबै संख्या जोड्दा आउँदो एक साताभित्र करिब ४५ हजारको पीसीआर परीक्षण गरिने भएको छ ।

 

स्थानीय तहको जनस्वाथ्य विज्ञसहितको टोलीले कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुको कोरोना परीक्षण गरिने निर्णय गरिएको बताइएको छ । स्थानीय निकायले कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको सम्बन्धित क्षेत्रमै गएर परीक्षण गर्ने तयारी गरेको छ ।

 

मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘केही दिन अघिदेखि नै परीक्षण शुरु गरिसकेका छाैं । एकसातामा सबैको परीक्षण सक्ने लक्ष्य लिइएको छ ।

 

उहाँका अनुसार सबै स्थानीय तहले आ–आफ्नो क्षेत्रका वडा र टोलमा पुगेर परीक्षण गर्ने भएको छ । मेयर महर्जनले भन्नुभयो– ‘संक्रमितबाहेक सरकारी र निजी अस्पतालबाट गरिने परीक्षण यथावत् रहनेछ ।

 

राजधानीमा कोरोना संक्रमणको दर उच्च विन्दुमा पुगेपछि सरकारले उपत्यकाका सबै स्थानीय निकायलाई फोकल पर्सनका रुपमा एकजना विज्ञ खटाएको छ ।

 

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेपछि मेयर फोरमले नयाँ रणनीति तर्जुमा गरेको थियो । मेयर फोरमले गरेको सिफारिसका आधारमा काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले भदौ १७ गतेसम्म निषेधाज्ञा थप गरेको हो ।

 

मेयर फोरमले अबको एक साताभित्र आइसोलेसन सेन्टर बिस्तार गर्ने, अझै पनि भनसुनको भरमा उपत्यका प्रवेश गर्ने प्रवृत्तिलाई पूर्णरुपमा कडाइ गर्ने, उपत्यकाका अस्पतालमा भेन्टिलेटर व्यवस्थापन गर्नेलगायतका निर्णय भएको मेयर महर्जनले जानकारी दिनुभयो ।

 

मेयर फोरमले उपत्यकामा निषेधाज्ञा हटे पनि उपत्यका प्रवेश र बाहिर जान कडाइ गर्ने जनाएको छ । ललितपुरका मेयर महर्जनका अनुसार एकसाता लामो निषेधाज्ञापछि पनि केही समय उपत्यका प्रवेश र बाहिर जाने नाका बन्द गर्न सरकारलाई सिफारिस गरेको बताउनुभयो ।

 

‘अत्यावश्यकबाहेक अन्य सवारी साधन पूर्णरुपमा रोक लगाउने गरी नाकामा कडाइ गर्न सिफारिस गरेका छौं।’ –उहाँले भन्नुभयो । मेयर फोरमले अबको एकसातापछि उपत्यकामा निषेधाज्ञा खुला भए पनि नाकामा कडाइ यथावत् राख्न सरकारलाई सिफारिस गरेको छ ।

 

काठमाडौं महानगरपालिकाका मेयर एवं मेयर फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले महानगर क्षेत्रमा कोरोना परीक्षणलाई तीव्रता दिएको बताउनुभयो । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको परीक्षण शुरु भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘परीक्षणसँगै संघीय सरकारको सहयोगमा आइसोलेसन सेन्टर निर्माण गर्ने विषय अन्तिम चरणमा पु¥याएका छौं ।

 

उता ललितपुरका एक महानगरसहित ५ नगरपालिकाले चिकित्सकमाथि भएको दुव्र्यवहारको भत्र्सना गरेका छन् । मंगलबार स्वाथ्य सेवा विभागले आयोजना गरेको छलफल कार्यक्रममा ललितपुरका ५ जना मेयरले घटनाको भत्र्सना गर्दै कारबाही गर्नुपर्ने बताएका थिए ।

 

ललितपुर महानगरका मेयर महर्जनले ललितपुरका कुनै पनि नगरपालिकाभित्र यस्ता घटना हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो । उहासँगै उपस्थित ५ जना मेयरले फ्रन्ट लाइनमा संक्रमितको सहयोग गरिरहेका चिकित्सकमाथि भएको दुव्र्यवहारले चिकित्सकमा वितृष्णा पैदा भएको भन्दै संयमता अपनाउन आग्रह गरेका थिए ।नेपाल समाचारपत्रबाट।स