नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप २९८ जना संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,भदौ,१५ । नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा ११ हजार ४९० नमुना परीक्षण ८९९ संक्रमण पुष्टि भएको हो ।

 

  मन्त्रालयका अनुसार संक्रमितमध्ये २९८ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौं जिल्लामा १९० जना, ललितपुरमा र ६७ जना, भक्तपुरमा ४१ जनामा संक्रमण पुष्टि भएको छ ।  

 

याे सँगै संक्रमित हुनेको संख्या ३९ हजार ४६० पुगेको छ । उनीहरुमध्ये २२८ जनाको मृत्यु भएको छ भने २१ हजार ४९० जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

 कुन जिल्लामा कति थपिए संक्रमित

 सबै भन्दा धेरै काठमाडौंका १९०जना,सर्लाहीका १०३ जना, चितवनका ७१ जना, ललितपुरका ६७ जना,मकवानपुरका ४२जना,भक्तपुरमा ४१ जना,  सुर्खेतका ३८, पर्साका ३४, धनुषाका ३१, तनहुँका २६, सुनसरीका २५, बारा र अछामका २३/२३ जना, सप्तरीका २२, मोरङका १९, कैलालीका १६, बाँकेका १४, काभ्रे र गोरखाका १३र१३ जना र रुपन्देहीका ११ जना ,संखुवासभा र नवलपुरका ९/९ जना, सिन्धुली र कञ्चनपुरका ७÷७ जना, महोत्तरीका ६, झापा र सिराहाका ५/५ जना, बाग्लुङका ४, कास्की र नवलपरासीका ३/३ जना, दोलखा, रामेछाप, लमजुङ, अर्घाखाँची, बर्दिया र बैतडीका २/२ जना तथा खोटाङ, ओखलढुंगा, रौतहट, धादिङ, सिन्धुपाल्चोक, कपिलवस्तु, पाल्पा, जुम्ला, डोटी र बझाङका १/१ जनामा संक्रमण देखिएको छ ।