प्रहरीले धम्की दिएर रकम असुल्ने ५ जनालाइ पेस्तोलसहित पक्राउ

मोरङ,भदौ १७ । जिल्ला प्रहरी कार्यलय माेरङबाट खटिएकाे प्रहरी टाेलीले ५ जनालाइ पेस्ताेलसहित पक्राउ गरिएकाे छ।

विराटनगर महानगरपालिका ४ कंचनबारीबाट उनिहरूलाइ १ थान सेमी अटोमेटिक पेस्तोल, सोको १ थान म्यागजिन र ३ राउण्ड गोली सहित कटहरी गाउँपालिका-२ बस्ने २७ वर्षीय अभिषेक रायसहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

 

उनिहरूले केही व्यापारीहरुलाई धाकधम्की दिई रकम माग्ने तथा चोरी गर्ने कार्यमा संग्लन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टाेलिले उनीहरूलाई पेस्ताेलसहित पक्राउ गरेकाे छ।

 

उक्त पेस्तोल र उनीहरूले प्रयोग गरेको को.३२ प ७५२५ नम्बरको मोटरसाइकल सहित उनिहरूलाइ प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।