प्रहरीले चोरीमा संलग्न दाजु बहिनीसहित चार जना पक्राउ

काठमाडौं,भदौ २३ । चोरी संलग्न एक कुख्यात चोरसहित अन्य तीन जनालाई पक्राउ गरेर प्रहरीले उनिहरूलाइ  सार्वजनिक गरेको छ । 

 

पक्राउ पर्नेमा कुख्यात चोर राजविराज ४ निवासी सैनीभनिने २८ वर्षीय सनियाँ मण्डल र चोरीका मतियार उनको २४ वर्षीया बहिनी ज्योति, सोही वडा बस्ने २२ वर्षीय मो. समिम अन्सारी तथा रुपनी गाउँपालिका ४ बस्ने २६ वर्षीय लाल महम्मद राइन् रहेका छन् ।

 

प्रहरी सक्रिय भएपछि पछिल्लो पटक राजविराज ७ स्थित एक पसलमा चोरी गरेको ८ घण्टा नबित्दै उनीहरुलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरी स्राेतले जनाएकाे छ। उनहरूलाइ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएकाे थियाे ।

 

घटना विवरण अनुसार राजविराज ७ स्थित हटियामा रहेको गणेश किराना स्टोर्स पसलमा सोमबार बिहान ४ बजेतिर सटर फोडेर नगद ४ लाख, १ लाख ५० हजारको रिचार्ज कार्ड तथा केही किराना सामान चोरेर लगेपछि पसल संचालक ओम प्रकाश साहद्वारा प्रहरी समक्षउजुरी परेको थियो ।

 

बिहान ८ बजे प्रहरी निरिक्षक सन्तोष खडकाको नेतृत्वमा खटिएको टोलीले पसलमा जडान गरिएको सिसि क्यामराको फुटेजको आधारमा अनुसन्धानगर्दै जाँदा साँझ ७ बजे सफलता मिलेको प्रहरीको भनाई छ ।

 

चोरीमा संलग्न मुख्य नाइके सनिया मण्डल पक्राउ परेपछि उनले दिएको बयानको आधारमा प्रहरीले राजविराज २ मामदिरा पसल संचालनगर्दै आएकीउनकीबहिनी ज्योति, होटलका कामदार मो. समिम र रुपनी गाउँपालिकाका लाल मोहम्मदलाई पनि नियन्त्रणमा लिइएको थियो ।

 

लाल मोहम्मदले चोरीमा सघाएका थिए भने ज्योति र समिमले चोरीको रकम र सामान लुकाउन सघाएको प्रहरी उपरिक्षक धमलाको भनाई छ ।

 

साहको पसलबाट चोरी गरिएका ४ लाख रुपैयाँमध्ये ३ लाख ५९ हजार २ सय ९५ रुपैयाँ ज्योतिमदिरा पसलभित्रै माटोमुनी गाडेको र खेलौना भित्रलुकाइराखेको अवस्थामाप्रहरीले बरामद गरेको छ ।

 

यसअघि नगर क्षेत्रमा भएका दर्जनौं चोरीका घटनामा समेत उनीहरुको संलग्नता देखिएको छ। अब यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।