भूमाफीया र दलालहरुलाई पोष्न : कित्ताकाट फुकुवा 

 

नामधारी कम्युनिस्ट भनाइएको सत्ताधारी नेकपाको केपी ओली नेतृत्वको दलाल सरकारले भूमाफीयाहरु र दलालहरुलाई पोष्न जग्गा जमिन कित्ताकाट नियम खुला गरेको छ । तिन वर्ष पहिले खेतीयोग्य जमिन खण्डीकरण भएको भन्दै कित्ताकाट गरेर जमिन बेचविखत गर्न रोक लगाइएको थियोे ।

 
 
भूमाफीया र दलालहरुले खेतीयोग्य जमिन प्लेटिङ गरेर किसानहरु उठिबास गराउदै आएकाले , मुलुकको ठूलो कृषियोग्य जमिन खण्डित गरेर चर्को मूल्यमा बिक्री गर्ने , घरजग्गा किनबेचको मूल्य अनियन्त्रित बढाएर जनताको ढाड सेक्ने र बैंक तथा बित्तिय संस्थाहरुबाट अत्यधिक ऋण लिएर जमिन प्लटिङ गर्ने , बैंकको किस्ता समयमै नतिरेर जग्गा दलाल र भूमाफीयाहरुले बैकहरु डुबाउदै गएर मुलुकको आर्थिक अवस्थामा नै संमट पत्पन्न गर्ने काम गर्न थाले पछि तत्कालीन दलाल सरकार पनि बाध्य भएर जमिन कित्ताकाट गर्न रोग लगाएको थियोे  ।
     
त्यस पछि जग्गा दलाल र भूमाफीयाहरुको बिकबिकी कम भएको थियोे ।र घरजग्गा किनबेचमा पनि केही सरलता पैदा भएको थियोे ।  बिगत तीन वर्षको अबधिमा भूमाफीया र दलालहरु निकै छटपटाइरहेको स्थिति थियोे ।
     
यसै बिचमा नामधारी कम्युनिस्ट अर्थात् कम्युनिस्ट पार्टीको खोल ओढेको नेकपाको केपी ओली नेतृत्वको दलालहरुको , भूमाफीया र जग्गा दलालहरुको विचौलीयाहरुको , तस्कर , चोर डाँका , बलत्कारीहरु , हत्याहरु , अपराधीहरु , कमिसनखोरहरु , कालाबजारियाहरु , मुनाफाखोरहरु , शैक्षिक माफियाहरु , आौषधि माफियाहरु  आदि समाजविरोधी अपराधीहरुको नाइके सरकारलाई भूमाफीयाहरु र जग्गा दलालहरुलाई ठूलो पैमानाको रकमले किनीसकेपछि यो केपी ओली नेतृत्वको दलाल सरकारले रातारात जग्गा कित्ताकाट खुला गरेको छ । यस विषयमा सत्ताधारी पार्टी भित्रैबाट पनि ब्यापक विरोध शुरु भएको छ ।
     
जग्गा कित्ताकाट गर्ने निर्णयले केपी ओली नेतृत्वको सरकार दलालहरुको सरकार हो,भूमाफीया र जग्गा दलालहरुको सरकार हो,विचौलीयाहरुको सरकार हो,कमिसनखोर ,घोर भष्टचारीहरुको सरकार हो,कालाबजारीया र मुनाफा खोरहरुको सरकार हो ,तस्करहरुको सरकार हो , हत्यारा र बलत्कारीहरुको सरकार हो,मूलतः माफियाहरुको सरकार हो र यी सबै अपराधीहरुको संरक्षक सरकार हो , यो  सरकार जनद्रोही र देशद्रोहीहरुको सरकार हो  भन्ने कुरा प्रमाणित भएको छ ।
   
अब भूमाफीयाहरु र जग्गा दलालहरुको बिकबिकी बढ्दैछ । दलालहरुले जथाभावी किसानहरुलाई ठगेर जग्गा प्लेटिङ गर्नेछन् । जग्गाको खण्डिकरण ब्यापक मात्रामा हुनेछ । बैक ऋणमा अत्यन्तै घोटाला बढ्नेछ ।
   
यसले घर जग्गा खरिदबिक्रीमा चर्को मूल्य बुध्दि हुनेछ । जग्गा दलाल तथा भूमाफीयाहरुले देशको राजधानी लगायत देशभरका ठूला शहर र आसपासका कृषयोग्य भूमि कब्जा गरेर प्लेटिङ गरेर नेपालको भूमि नै समाप्त पार्ने छन्  ।
 
यी सबै सम्भावनाहरुलाई मध्यनजरमा राखेर नै ती जग्गा दलाल र भूमाफीयाहरुबाट अरबौकोो कमिसन लिइरहने नियत र योजनाका सात सत्ताधरीहरुले यो कित्ताकाट निति खुला गरेको कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ ।
       
परिस्थिति यस परकारको बनिसकेपछि अब नेपाली जनता चुप्प लागेर बसिरहनु राष्ट्रको लागि र आफ्नै लागि पनि ज्यादै हानिकारक हुनेछ । 
       
त्यस्तै कृषि क्रान्तिलाई मुख्य आधार बनाउदै आएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु पनि चुप्प लागेर बस्ने हो भने यसले क्रान्तिलाई निकै घाटा पुर्याउने निश्चितै छ । 
   
त्यसो भएर अब यस विषयमा ओली नेतृत्वको दलाल सरकारको विरोध र भण्डाफोर मात्र नभएर यस दलाल सरकारलाई उल्ट्याउने गरी तेस्रो जनआन्दोलनको सुनामी पैदा गर्नुको विकल्प छैन  ।
 
 
मिति : ९ सेप्टेम्बर २०२०
    ( २४ असोज २०७७)
 बुढानिलकण्ठ – २ , कल्पवृक्ष कोलोली ,काठमाडौं ।
         
 
( लेखक : अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।