नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकाका थप ५७२ जना संक्रमित ,१८१८ जना डिस्चार्ज, कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,भदौ २५ । नेपालमा थप १२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनका अनुसार देशभरका प्रयाेगशालामा गरिएकाे पीसीआर परीक्षणमा ११ हजार १४४ जनाको गर्दा १२४६ जनामा संक्रमण पुष्टि भएको छ।

 

त्यस्तै  काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ४९५ जना ,ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

 

 याे सँगै कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ । यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको थियाे।

 

यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ।

कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं उपत्यकाका ५७२ जनामा संक्रमण पुष्टि भएको छ, जसमध्ये ४९५ जना काठमाडौंका छन् भने ललितपुरका ४३ र भक्तपुरका ३४ जना छन् ।

यस्तै बाँकेका ७० जना, रुपन्देहीका ५१, कपिलवस्तुका ४४, सर्लाहीका ४२, नवलपरासीका ३७, काभ्रेका ३६, सप्तरी र मकवानपुरका ३५/३५ जना, पाल्पाका २९, सुनसरीका २३, संखुवासभाका २२, कास्की र कैलालीका २१/२१ जना, चितवनका १८, बाराका १७, मोरङका १६, स्याङ्जाका १२, झापा र पर्सा ११/११ जना, बर्दियाका १० र बाग्लुङका ९ जना ,नवलपुरका ८ जना, गुल्मीका ७, रुकुम पश्चिम र सल्यानका ६/६ जना, तनहुँ र सुर्खेतका ५/५ जना, पाँचथर र दाङका ४/४ जना, भोजपुर, दोलखा र धादिङका ३/३ जना, इलाम, उदपयुर, रौतहट, रामेछाप, पर्वत र अर्घाखाँचीका २/२ जना तथा खोटाङ, नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली, गोरखा, लमजुङ, रोल्पा, डोटी, बाजुरा र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।