नेपालमा थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १५५२ जनामा संक्रमण,

काठमाडौं,कार्तिक ६ । नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार २५५ नमुना परीक्षण गर्दा ३६३७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 काठमाडौं उपत्यकका १५५२ जनामा संक्रमण पुष्टि भएकाे छ। काठमाडौंका १२८३ जना, ललितपुरका १५७ जना र भक्तपुरका ११२ जनामा संक्रमण पुष्टि भएकाे छ।

 

याे सँगै कुल संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ । उनीहरुमध्ये ८१२ जनाको मृत्यु भएको छ भने १ लाख २ हजार ८२० जना संक्रमणमुक्त भएका छन् ।

 

पछिल्लो २४ घण्टामा मात्र ३२१५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।