आजको मौसम पूर्वानुमान

काठमाडौं,कार्तिक २४। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हालको मौसमको अवस्था देशभर मौसम सामान्यतया सफा रहेको छ ।

 

देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।हाल प्रदेश न. १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थेरै भू–भागको मौसममा आंशिक बदली रहेको छ ।

 

त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसम सामान्यतय सफा रहने छ ।तर अपरान्हपछि पहाडी भू–भागको मौसममा आंशिक बदली रहने विभागले जनाएको छ ।

 

त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ । त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।