नेपालमा थप १९८० जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा थप १००७ जनामा संक्रमण

काठमाडौं,मंसिर ८ । नेपालमा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनामा गरिएको परीक्षणमा १९८० जना संक्रमित भेटिएका हुन् ।यो सँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।

 

यस्तै सोमबार थप १६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १३३७ पुगेको मन्त्रालयले जनाएको छ । सोमबारसम्म देशभर १६ लाख ७० हजार ४५६ जनाको पीसीआर भएको छ भने पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै काठमाडौंमा ८ हजार ६६७ जना, भक्तपुुरमा ६२८ र ललितपुरमा १ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन् । हाल काठमाडौं उपत्यका र कास्कीमा मात्रै ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ र मुगु संक्रमणमुक्त जिल्ला बनेको छ।