माओवादी केन्द्र र नेकपा (माओवादी)को संयुक्त बैठकको निर्णय: अबको बाटो सडक आन्दोलनमा (संयुक्त विज्ञप्तीसहित)

 
-मनराज कठायत
 
काठमाडौं,मंसिर १५ । पार्टी टुटफुट र विभाजनले माओवादी आन्दोलनमा समस्या देखिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्र) ले विचार सिद्धान्तमा एकरुपताका आधारमा सुढृण कार्यगत एकतासँग पार्टी एकता तथा वृहत ध्रुविकरणको प्रकृयामा जोड दिएको छ ।
 
पार्टीको केन्द्रीय समिति बैठक तथा विशेष राष्ट्रिय भेला हालै सम्पन्न गरेको माओवादी केन्द्रले पछिल्लो समय देशव्यापी रुपमा वैचारीक एकताका आधारमा विभिन्न राजनीतिक दलहरुसँग सुढृण कार्यगत एकताको लागी छलफल तथा एकिकरण र ध्रुविकरणको प्रकृयामा विशेष जोड दिएको हो ।
 
माओवादी केन्द्रको विशेष राष्ट्रिय भेलाबाट निर्वाचित अध्यक्ष कर्णजीत बुढाथोकी शुशिलले अहिलेको मुख्य आवश्यकता भनेको विभिन्न ढंगले विकेन्द्रीत हुनपुगेका माओवादी क्रान्तिकारी शक्तिहरु बिचको सुढृण कार्यगत एकता र वैचारिक सैद्धान्तीक आधारमा पार्टी एकता र वृहत ध्रुविकरण भएको बताएका छन ।
 
 
माओवादी केन्द्रका अध्यक्ष बुढाथोकीले वर्तमान संसदीय व्यवस्थाका कारण नागरिकको जनजीवन अत्यन्त कष्टकर बन्दै गएको, राष्ट्रियता, जनतन्त्रको अवस्था समस्याग्रस्त बनेको ठहर गर्दै त्यसका विरुद्ध जनन्यायीक व्यवस्था स्थापनार्थ सबै क्रान्तिकारी, प्रगतिशिल, देशभक्त जनशक्तिहरुको एकताबाट मुलुकमा बलियो माओवादी पार्टी निमार्ण गर्नुपर्ने र निर्णायक संघर्षको तयारीमा जुट्नुको विकल्प नरहेको बताए ।
 
 
विभिन्न क्रान्तिकारी शक्तिहरु बिचको एकताका विषयमा पछिल्लो समय माओवादी केन्द्रले विभिन्न राजनीतिक दल, वामपन्थी अगुवाहरु, राजनीतिक विश्लेषक, पत्रकार, लेखक, बुद्दिजीवी समुदायहरु सँग छलफल, वहस गर्दै आएको छ । त्यसैक्रमा आज दिउँस माओवादी केन्द्र र नेकपा (माओवादी) बिच संयुक्त बैठक भएको छ ।
 
दुईदलबिच लामो समय अघिदेखि क्रान्तिकारी पार्टीहरु बिचको सुढृण कार्यगत एकता र बलियो माओवादी पार्टी निर्माणको विषयमा चलिरहेको छलफलपछि आज संयुक्त बैठक बसेको नेताहरुको भनाई रहेको छ ।
 
सर्वहारावर्गिय राज्यसत्ता स्थापनार्थ तत्कालिन अवस्थामा मुख्यत सडक विद्रोहको कार्यनीतिमा टेकेर वैज्ञानीक समाजवाद हुँदै साम्यवाद सम्मको क्रान्तिकारी योजनामा एकतावद्ध भै संघर्षको प्रकृयामा जुट्ने विषयमा दुई दलबिच सहमति समेत भएको बुझिएको छ ।
 
 
बैठकमा नेपालमा राजनीतिक पार्टीहरुको अवस्था, अवलम्बन गरेको वैचारिक राजनीतिक कार्यदिशा, राज्यको कार्यशैली र जनसमूदाय बीचको अन्तर विरोध तथा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु बिचको सैद्धान्तिक वैचारिक रुपमा बलियो एकताका आधारबारे घनिभूत छलफल भएको छ ।
 
 
करिब चार घण्टासम्म चलेको बैठकमा दुई पार्टीबिच सुढृण कार्यगत एकताको प्रकृया हुँदै विचार राजनीतिमा थप छलफलसहित छिट्टै पार्टी एकताको तयारी गर्ने बारे सहभागि दुबै पार्टीका नेताहरुले आफ्नो धारणा राखेको नेताहरुको बताउँछन ।
 
उक्त बैठकको छलफलका मुख्य विषयबारे प्रकाश पार्दै माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा संगठन विभागका नेता नरेश शाही रक्तिमले भने–‘टुटफुट विभाजन र कतिपय राजनीतिक दलहरुको अहंताका कारण स्वच्छ प्रकारको कार्यगत एकताको अभ्यास हुन नसकिरहेको अवस्थामा हामीले क्रान्तिकारी शक्तिहरुबिच सुढृण कार्यगत एकता हुँदै बलियो माओवादी पार्टी निर्माणको लागि पार्टी एकता र वृहत ध्रुविकरणको विषयमा गम्भीर छलफल गरेका छौं ।
 
 
सम्भवत छिट्टै हामी नेपाली जनता र लाखौं माओवादी नेता, कार्यकर्ताहरु बिच नयाँ प्रकारको उत्साह थप्ने खालको संन्देश दिनेछौं । हामी बलियो माओवादी पार्टी निर्माणको प्रकृयामा जुट्न सबैमा हार्दिक आह्वान गर्दछौ ।
 
माओवादी केन्द्रका नेता शाहीले दुई दलबिचको आजको बैठक कार्यगत एकता हुँदै बलियो माओवादी पार्टी निर्माणको प्रकृया अघि बढ्ने विषयमा सहमति सहित सकिएको बताए । उनले छिट्टै पार्टी एकताको नयाँ संन्देश दिने विषयमा संकेत समेत गरे । दुई पार्टीबिच भएको बैठक र त्यसले गरेका महत्वपूर्ण निर्णयहरु संयुक्त वक्तव्य मार्फत समेत सार्वजनिक गरिएको छ ।
 
 
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कर्णजीत बुढाथोकी शुशिल र नेकपा (माओवादी) का संयोजक विमल अधिकारीको संयुक्त हस्ताक्षरमा उक्त वक्तव्य सार्वजनिक गरिएको छ । उक्त वक्तव्यमा दुई दलबिच राष्ट्रियता, जनतन्त्र र जनजीवीकासँग सम्बन्धीत समस्याहरु र त्यसका विरुद्ध सडक आन्दोलनको तयारीका विषयमा छलफल भएको र अहिलेको अवस्थामा सडक आन्दोलन अनिवार्य भएको उल्लेख गरिएको छ ।
 
त्यस्तै वक्तव्यमा अगाडी भनिएको छ–‘मालेमावादको पथप्रर्दशक सिद्धान्तप्रति प्रतिवद्ध रहदैं, जनन्यायीक राज्यसत्ता ल्याउनका लागि नेपाली मौलिकतामा क्रान्तिकारी योजना निर्माणको वहस गर्दै, विकेन्द्रीत भएका सबै क्रान्तिकारी शक्तिहरुबिच साम्यवादसम्म पुग्ने रणनीतिक उद्देश्यका साथ कार्यगत एकता, छलफल, वहस गर्दै, अन्त्यतः बलियो माओवादी पार्टी निर्माण गर्न र निर्णायक आन्दोलनको दिशामा अघि बढ्न सबैमा आह्वान गर्दछौ ।
 
 
उक्त बैठकमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तिलक थापामगरको विशेष उपस्थिति रहेको थियो । बैठकमा माओवादी केन्द्रका स्थायी समिति सदस्य नरेश शाही रक्तिम, सिंहराज बिक सिर्जन, लोकराज जैसी लोकेश, अरुण घिसिङ, बलाराम पुन, प्रकाश दाहाल, पो.वि.एम जनक बिक सागर, रंगमल रोकाया र केन्द्रीय सदस्य मनराज कठायत तथा नेकपा (माओवादी) का सुजन गिरी, सन्तोष खनाल लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
 
 
केहीदिन अघि मात्र राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलन मार्फत माओवादी केन्द्रमा विभिन्न राजनीतिक दलहरुबाट अलग रहेका दर्जनौ नेता, कार्यकर्ताहरुलाई एकमुष्टमा स्वागत गरिएको थियो ।
 
उक्त ध्रुविकरण प्रकृयाका अगुवा शिवसुन्दर शाही विमर्शलाई कार्यक्रमबिच सम्मान अभिनन्दन समेत गरिएको थियो । त्यस्तै माओवादी केन्द्रले हालै निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिका नेताहरुलाई स्थानीय तह, जिल्ला, प्रदेश पार्टी तथा जनवर्गीय संगठन निर्माण तथा सुढृणीकरणको काममा जुट्न निर्देशन गरिसकेको छ । भेलाको स्प्रिटका आधारमा पछिल्लो समय पार्टी संगठनमा गतिशिलता आएको माओवादी केन्द्रका नेताहरु बताउँछन ।
 
त्यस्तै अन्य राजनीतिक दलहरुसँगको छलफल र राजनीति वैचारिक छलफल, वहसले समेत अबको आन्दोलन निर्णायक हुने र बलियो माओवादी पार्टी निर्माण हुनेमा आफुहरु विश्वस्त रहेको नेताहरुले बताउँदै आएका छन ।
 
आज दुई दलले जारी गरेको संयुक्त वक्तव्यको पूर्णपाठ यस्तो छ…… र एकताका आधारमा संयुक्त प्रेस वक्तव्य सर्वहारावर्गिय राज्यसत्ता स्थापनार्थ तत्कालिन अवस्थामा मुख्यत सडक विद्रोहको कार्यनीतिमा टेकेर वैज्ञानीक समाजवाद हुँदै साम्यवाद सम्मको क्रान्तिकारी योजनामा एकतावद्ध भै संघर्षको प्रकृयामा जुट्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेकपा (माओवादी) बिच पहिलो चरणको संयुक्त बैठक बस्यो । राष्ट्रियता, जनतन्त्र र जनजीवीकासँग सम्बन्धीत समस्याहरु र त्यसका विरुद्ध सडक आन्दोलनको तयारीमा जुट्न आवश्यक हुने ठहर गरियो । बैठकमा नेपालमा राजनीतिक पार्टीहरुको अवस्था, अवलम्बन गरेको वैचारिक राजनीतिक कार्यदिशा, राज्यको कार्यशैली र जनसमूदाय बीचको अन्तर विरोध तथा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु बिचको सैद्धान्तिक वैचारिक रुपमा बलियो एकताका आधारबारे घनिभूत छलफल भयो । मालेमावादको पथप्रर्दशक सिद्धान्तप्रति प्रतिवद्ध रहदैं, जनन्यायीक राज्यसत्ता ल्याउनका लागि नेपाली मौलिकतामा क्रान्तिकारी योजना निर्माणको वहस गर्दै, विकेन्द्रीत भएका सबै क्रान्तिकारी शक्तिहरुबिच साम्यवादसम्म पुग्ने रणनीतिक उद्देश्यका साथ कार्यगत एकता, छलफल, वहस गर्दै, अन्त्यतः बलियो माओवादी पार्टी निर्माण गर्न र निर्णायक आन्दोलनको दिशामा अघि बढ्न सबैमा आह्वान गर्दछौ । अभिवादन सहित धन्यवाद ।
 
मितिः २०७७ मंसिर १५
 
नेकपा (माओवादी केन्द्र) का तर्फबाट नेकपा (माओवादी)को तर्फबाट अध्यक्षः कर्णजीत बुढाथोकी शुशिल संयोजकः विमल अधिकारी ,