यस्तो छ, आजको मौसम पूर्वानुमान

काठमाडौं,मंसिर १६। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।

 हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

 

मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राती देशभर मौसम सामान्यतया सफा रहनेछ महाशाखाको पूर्वानुमान छ ।

 

देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भुभागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले  अनुरोध गरेकाे छ।