कैलालीको अत्तरीयामा अखिल क्रान्तिकारी सुदुर पश्चिम प्रदेश समितिको आयोजनामा विरोधसभा सम्पन्न

अत्तरीया कैलाली,पुस १८ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी सुदुर पश्चिम प्रदेश समितिको आयोजनामा कैलालीको अत्तरीयामा विरोध कार्यक्रम सम्पन्न भएको छ। 

 

अहिले वर्तमान राज्यसत्ताको विकल्पमा संघीय जनगणतन्त्रको स्थापना, शिक्षा, स्वास्थ्यलाई निशुल्क, भ्रष्ट र तष्करहरुमाथि कारवाही र शैक्षिक माफियाहरु तथा विचौलिया र दलालहरुमाथिको कारवाहीको माग गर्दै।

 

अत्तरीयाको मालाखेती प्रहरी चौकीदेखि धनगढी रोड, महेन्द्र नगर रोड र पहाड रोड हुदै नारावाजीसहीतको विरोध जुलुसले अत्तरीयाकाे चौराहा चोकमा विरोधसभामा परिणत भएको थियो ।

 

उक्त कार्यक्रमको सञ्चालन दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका इकाई अध्यक्ष गोपाल साउदले गरेका थिए भने विरोधसभालाई सम्बाेधन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य पुश्कर जोशी र नेकपा (क्रान्तिकारी माओवादी)सुदुर पश्चिम प्रदेश समिति सचिवालय सदस्य कैलाश जोशीले गरेका थिए ।