नेपालमा थप १७१ जना कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित 

काठमाडौं,माघ २०।  नेपालमा थप १७१ जना कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार २८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार ४०० जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा २ हजार ८४६ जनाको पिसिआर परीक्षण गर्दा १७१ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७८ हजार ९८ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा एकजना संक्रमितको मृत्यु भएको छ। हाल ९५ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २५९ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६६ हजार ८५९ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल ८४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६८ जना आइसियु र १६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित 

प्रदेश १ को झापामा एकजना, मोरङमा २ र सुनसरीमा ४ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को रौतहटमा २ र सप्तरीमा एकजनामा कोरोना पाइएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र ५७ जनामा कोरोना पुष्टि भएको छ।यस्तै, चितवनमा २८, धादिङमा एकजना, नुवाकोटमा ४, भक्तपुरमा ३, मकवानपुरमा २ र ललितपुरमा ५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २७, गोरखामा एकजना, तनहुँमा २, नवलपरासी पूर्वमा ४, लमजुङमा एकजना र बागलुङमा एकजनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको कपिलवस्तुमा एकजना, दाङमा एकजना, नवलपरासीमा एकजना, पाल्पामा ५, बर्दिया ३, बाँके ५ र रुपन्देहीमा एकजनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना नभेटिएको मन्त्रालयले जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेशको कैलालीमा ४, डोटीमा ३ र बझाङमा एकजनामा कोरोना संक्रमण देखिएको छ ।