प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने गृहमन्त्री थापाको चेतावनी

काठमाडौँ,माघ २३। नेपालक कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका छन् ।

 

नारायणहिटी दरबारको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता बादलले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु।

 

गृहमन्त्री रामबहादुर थापा बादलले सत्ताको विरुद्धमा विभिन्न आन्दोलन भएपनि नेतृत्व नझुक्ने बताएका छन्।

 

आयोजित सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन विभिन्न शक्ति परिचालित भएका छन् । उनीहरुले मांसहारी आन्दोलनको तयारी गरिरहेका छन् । कुनै पनि हालतमा नेतृत्व झुक्दैन ।