क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले बैतडीमा भएको घटनाको सत्य तथ्य छानविन गरि दोषीलाइ कडा कार्बाही गर्न सरकारसँग माग (प्रेस वक्तव्यसहित)

काठमाडौं,माघ २४ । नेकपा (क्रान्तिकारी मओवादी) निकट अखिल (क्रान्तिकारी)ले बैतडीमा बलात्कार पछि हत्यागरी फालिएकी १७ बर्षीया भगरथी भट्टको माघ २२ गते शव सामुदाहिक वनमा फेला परेको थियो ,भने यस्ता घटना देशभर भइरहेका छन् । अझै पनि सरकारले बलात्कार र हत्या जस्ता जघन्य घटना प्रति गम्भीर नदेखिएको र दाेषीलाइ अझै पनि करबाही गर्न नसकेकाे संगठनले वक्तव्य मार्फत जनाएकाे छ।

अब यस्ता घटनाको सत्य तथ्य छानविन गरि दोषीलाइ हदै सम्मको कारबाही गर्न हाम्रो संगठन माग गर्दछ र घोर निन्दा एवं भत्सर्ना गर्दछ भन्दै अध्यक्ष हरिकृष्ण गजुरेलले प्रेस वक्तव्य जारी गरेका छन्।

 

त्यस्तै अखिल क्रान्तिकारीका पूव अध्यक्ष डाचाराज वाग्लेको निधन प्रति पनि संगठनले शोक वक्तव्य जारी गर्दै परिवार प्रति गहिरो समवेदना व्यक्त गरेको छ।पूर्ण पाठसहित प्रेस वक्तव्य तलदिइएको छ।