नेपालमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,माघ २४।  नेपालमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित छन्।

 

पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९४ जनाको पिसिआर परीक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९१ हजार १ सय ६६ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। हाल ९५ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा २ सय ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।

 

यस्तै, देशभर हाल ७५ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ६१ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को झापामा ३ र मोरङमा १ जनामा कोरोना भेटिएको छ। प्रदेश २ को सर्लाही र सिरहामा १÷१ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४८ जनामा कोरोना पुष्टि भएको छ। चितवनमा १०, भक्तपुरमा ५, मकवानपुरमा १ र ललितपुरमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २, गोरखामा २, पर्वतमा १, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको नवलपरासीमा १, पाल्पामा ३, प्युठानमा १ र रुपन्देहीमा २ जनामा कोरोना पाइएको छ। गत २४ घण्टामा कर्णाली प्रदेशको कञ्चनपुरमा १ र सुदूरपश्चिम प्रदेशको कैलालीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।