लुम्बिनी प्रदेशमा रणनैतिक संयुक्त मोर्चाद्वारा जनसभा तयारी तीब्र

बुटवल,फागुन ४। रणनैतिक संयुक्त मोर्चाले फागुन ६ गते बुटवलमा आयोजना हुने जनसभाको तयारी तीब्र बनाएको जनाएको छ ।

 

मोर्चा आबद्ध नेकपा (क्रान्तिकारी माओवादी) नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेकपा विश्वभक्त दुलाल आहुति नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र ऋषि कट्टेल नेतृत्वको नेकपाले आफ्ना तयारी तीब्र बनाउदैं लगेका हुन।

 

सो क्रममा सोमवार मोर्चाले आवद्ध दलसंगको छलफल अन्तरक्रियालाई तीब्र बनाउदैं एंव जनप्रचारका कार्यक्रमहरु गरेको क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुवेदीले जानकारी दिए ।

 

उनका अनुसार कार्यक्रम भब्य रुपले सम्पन्न गर्नका लागि सबै पत्रकार तथा नागरिक अगुवा एंव सबै पेशाकर्मीलाई आब्हान गर्ने कार्यक्रम रहेको छ ।

 

क्रान्तिकारी माओवादीका अर्का पोलिटब्युरो सदस्य भुपेन्द्र न्यौपानेले संसदीय ब्यवस्थाको बिरुद्ध हुने कार्यक्रममा ब्यापक जनपरिचालन गर्ने बताए ।

 

ऋषि कट्टेल नेतृत्वका नेकपाका केन्द्रीय सहसंयोजक अम्बिका थैबले नयाँ जनवादी कार्यक्रम मान्नेहरुबीच मोर्चा बनेको हुदाँ यसले नयाँ आशा जगाएकोले देशैभरका कार्यक्रम सफल हुने बताए ।

 

क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज पिताम्बर आचार्यले जनपरिचालनका लागि कार्यबिभाजन समेत गरिएको बताए ।

 

त्यस्तै आहूति नेतृत्वको बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजकुमार हिममाङले ६ गते लुम्बिनी प्रदेशस्तरीय रणनैतिक मोर्चा घोषणा गर्ने तयारी भएको जानकारी दिए ।

 

जनवादी कार्यक्रम र बैज्ञानिक समाजवादको रणनीतिका एक भएका यी चार पार्टीले माघ २९ गते रणनैतिक संयुक्त मोर्चा बनाएपछि यी दलका नेता कार्यकर्ता उत्साहित भएका छन् ।

संसद बिघटन पछिको घटनालाई संसदीय ब्यवस्थाको असफलता भन्दै आएका चार कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता बैचारिक रुपमा समेत नजिक हुन थालेका छन् ।

रणनैतिक मोर्चा हुदैं पार्टी एकता सम्म गर्ने यी चार पार्टी मध्ये विप्वव नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ।
यो प्रतिबन्धलाई चारै दलले गणतन्त्र प्राप्ति पछि पनि दल माथि प्रतिबन्ध लगाइएको उल्लेख गर्दै असंम्बैधानिक भन्दै आएका छन् ।

क्रान्तिकारी माओवादी रुपन्देहीका सेक्रेटरी बिनोद मरासिनीले जनसभा ब्यवस्थित गर्न ब्यवस्थापकीय कामलाई समेत तीब्रताका साथ अगाडि बढाइएको बताए ।

 

बुटवलको कार्यक्रम सफल बनाउन मोर्चा आबद्ध दलका जनवर्गीय मोर्चा संगठनका कार्यक्रम समेत तीब्र बनाइएको क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष टेक मास्की बताउछन् ।

युवा,बिद्यार्थी,महिला, किसान, मजदुर, पत्रकारका कार्यक्रमहरु तीब्र बनाइएको अखिल नेपाल क्रािन्तकारी टे«ड युनियन महासंघका लुम्बिनी प्रदेश संयोजक राजु भुजेलले बताए ।

त्यस्तै क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले कार्यक्रमलाई सफल बनाउन ब्यापक जनपरिचालन गर्ने तयारी गरेको सेक्रेटरी छविलाल खरेलले जानकारी दिए ।

 

कार्यक्रमको तयारीकै क्रममा सोमवार जिल्ला सचिवालयको बैठक बसेर कार्यबिभाजन गरेको उनले बताए । अब जिल्लाको पूर्ण बैठकको तयारमिा छौ–उनले भने – कार्यक्रम सफल बनाउछौ।

 

त्यस्तै क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीको बैठकले जनसभाको प्रचार प्रसारलार्इृ जोड दिने लगायतका निर्णय गरेको छ ।

 

बुटवलमा भएको बैठकले फागुन २२ गते जनपक्षीय पत्रकारिता प्रशिक्षण तथा जिल्ला भेला गर्ने निर्णय लिएको प्रदेश सदस्य एंव जिल्ला सचिव मानबहादुर केसीले जनाए।