सपना रोका मगरलाई धम्की दिएको आरोपमा बेवारिसे शव जलाउने विनयजङ्ग बस्नेत पक्राउ

काठमाडौं,फागुन ४। काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेत पक्राउ परेका छन्। सपना रोका मगरले जाहेरी दिएपछि उनलाइ प्रहरीले पक्राउ गरेकाे छ।

 

विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्।

 

काठमाडौंमा बेवारिसे शव जलाउने बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए।