पशुपतिनाथमा राष्ट्रपतिको उपस्थितीमा सुनको जलहरी राखियो

काठमाडौं,फागुन १२। पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ । बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुनको जलहरी राखिएको हो ।

 

गत महिना पुषमा पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सुनको जलहरी राख्ने घोषणा गरेका थिए।

 

सोही अनुसार बुधबार सुनको जलहरी राखिएको हो । जलहरी राखेपछि राष्ट्रपति भण्डारीले विशेष पूजा गरी फर्किएकी छन् ।