नेपालमा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि,थप७८ जना डिस्चार्ज

काठमाडौं,फागुन २०।  नेपालमा थप १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ४ सय ८८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ७ सय ९५ जना सक्रिय संक्रमित छन्।

 

 पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा १ सय ७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ७९ हजार ४७ पुगेको छ। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको मन्त्रालयले जनाएको छ।

 

 पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन।  पछिल्लो २४ घण्टामा ७८ जना उपचारपछि डिस्चार्ज भएका छन्।