आज यी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं,फागुन २४। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

 

हाल मौसमको अवस्था सुदुरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू(भागहरूमा पूर्ण बदली रहि अन्य पहाडी सामान्य बदली रहेको छ। देशका बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ।

 

आज दिउँसो सुदुरपश्चिम प्रदेश का साथै देशका पहाडी भूभागहरुमा सामान्य बदली रहि बाँकी भूभागहरूमा आंशिक बदली रहने छ।

 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भूभागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

त्यस्तै आज राती देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

 

प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भू(भागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।

 

देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भई पहाडी भूभागहरुको थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयाङ सहित वर्षा को सम्भावना रहेको छ ।

 

साथै देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।