यी प्रदेशका पहाडी भूभागमा अपरान्ह पछि मेघगर्जन,चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं,बैशाख ६। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ।

 

हाल मौसमको अवस्था देशको पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने बाकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

 

आज दिउँसो  देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।देशको पहाडी भूभागका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन ,चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

 

त्यस्तै आज राती देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन ,चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

 

 देशको पहाडी भूभागका थोरै स्थानहरुमा साँझपख मेघगर्जन ,चट्टयाङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।