नेपालमा थप ५,७२७ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित  

काठमाडौं,बैशाख १७ । नेपालमा थप ५,७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षण गर्दा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा  ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको छ।

 

त्यस्तै काठमाडाैं उपत्यकामा आज २९५६ जनामा काेराेना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । त्यस्तै ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन् ।

 

सक्रिय संक्रमित मध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोना संक्रमित मध्ये ३३१ जना आईसीयूमा र ११५ जना भेन्टिलेटरमा रहेका छन् ।

 

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९२८ रहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित  

 काठमाडौंमा सबैभन्दा धेरै २ हजार ४०४ जना, ललितपुरमा ४१९ जना र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै रुपन्देही ४७३ जना, बाँकेमा ४२२ जना, ललितपुरमा ४१९ जना, दाङमा २५२ जना, मोरङमा १६१ जना, पर्सामा १५३ जना, चितवनमा १११ जना,सुर्खेतमा ९७ जना, झापामा ७७ जना, काभ्रेपलाञ्चोकमा ६९ जना, सुनसरीमा ५८ जना, धनुषामा ५२ जना र बर्दियामा ५० जनामा,नवलपरासी पश्चिम र कञ्‍चनपुरमा ४६/४६ जना, रोल्पामा ४४ जना, बारा र पाल्पामा ४३/४३ जना, कैलालीमा ४१ जना, मकवानपुरमा ३८ जना, नवलपरासी पूर्वमा ३६ जना, सिन्धुपाल्चोक र अर्घाखाँचीमा २८/२८ जना, कपिलवस्तुमा २७ जना, गोरखामा २० जना, सर्लाहीमा १९ जना, दैलेखमा १७ जना, रौतहट र बैतडीमा १६/१६ जना, रामेछाप, गुल्मी र अछामान १४/१४ जना,  सिरहा, धादिङ, नुवाकोट र डडेलधुरामा १३/१३ जना, दोलखा ११ जना, प्युठान र सल्यानमा १०/१० जना, महोत्तरीमा ९ जना, कास्कीमा ८ जना, ओखलढुंगा, भोजपुर, सिन्धुली र स्याङजामा ६/६ जना, तनहुँ र रूकुम पश्‍चिममा ५/५ जना, इलाम र खोटाङ र सप्तरी ४/४ जनामा,उदयपुर र बाजुरामा ३/३ जना, लमजुङ, बागलुङ, रूकुम पूर्व, जाजरकोट, जुम्ला, हुम्ला, डोटी र दार्चुलामा २/२ जना र ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, पर्वत म्‍याग्दी र कालिकोट मा १/१ जना कोरोना संक्रमण थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्ष मुनिका १३९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भउको छ भने १० देखि १९ वर्ष मुनिका ३६७ बालबालिका कोरोना पोजिटिभ देखिएका छन् ।