यी प्रदेशका पहाडी र तराईका केही भूभागमा मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना

काठमाडौं,बैशाख १८। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

 

 

हाल मौसमको अवस्था देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित बर्षा भइरहेको छ।

 

 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भूभागहरूका केहि स्थानहरू र तराईका भूभागहरूका थोरै स्थानहरूमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ।

 

 

त्यस्तै आज राती प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।

 

देशका केहि स्थानहरूमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ