कोरोना संक्रमित ३२ वर्षीय युवकले गरे आत्महत्या

काठमाडौं,बैशाख २३। चितवनको माडीमा कोरोना संक्रमित एक युवकले गएराती झुण्डिएर आत्महत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (बिहीबार) बिहान ७:३० बजेको समयमा माडी न.पा.३ बस्ने डबर्ष ३५ को गोबिन्द साह आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

 

उनले आफु सुत्ने कोठामा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत्यु भएको ईप्रका माडीले जनाएको छ । ईप्रका माडीका अनुसार निज गोबिन्द साह गत बैशाख १५ गते भारतबाट माडी आएका थिए ।

 

 

माडी आएका उनलाई सन्चो नभए पछि बैशाख २१ गते बघौडा अस्पताल माडीमा कोरोना परिक्षणको लागी स्वाव दिएकोमा बैशाख २२ गते रिपोर्ट पोजेटिभ आएको थियोे ।

 

 

उनि कोरोना पोजेटिभ आएपछि आफ्नै घरको होम आईसुलेशनमा बसेका थिए । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनी कोरोना पोजेटिभ भएकाले तनाबमा परि आत्महत्या गरेको भन्ने बुझिएको र बाँकी अनुसन्धान कार्य भईरहेको जनाएको छ ।