कर्मचारीको तलब बढ्यो,कसले कति पाउँछन् (विस्तृतमा हेर्नुस्)

काठमाडौं,जेठ १५। सरकारले निजामति कर्मचारीहरुको तलब वृद्धि गरेको छ । आगामी आर्थिक वर्षबाट लागूहुनेगरी कर्मचारीहरुको तलब २ हजार प्रतिमहिनाका दरले वृद्धि भएको हो ।

 

 

 

वृद्धि भएको तलबमान अनुसार अब मुख्यसचिवले ६७ हजार १३३ रुपैयाँ प्रतिमहिना पाउने भएका छन् । यस्तै सचिवले ६२ हजार ६७५, सहसचिवले ४९ हजार ३७७ र उपसचिवले ४२ हजार ३७७ प्रतिमहिना पाउनेछन् ।

 

 

यसैगरी अधिकृत तहका कर्मचारीहरुले ३७ हजार ९९९, नायब सुब्बाले ३० हजार २०० र खरिदारले २८ हजार ६०४ रुपैयाँ पाउनेछन् । यसैगरी कार्यालय सहयोगीको मासिकल तलब २४ हजार ८०० पुगेको छ ।