आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ

काठमाडौं,जेठ १५। सरकारले आगामी आर्थिक वर्षका लागि कुल बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ ल्याएको छ । जसमा चालुतर्फ संघले ६ खर्ब ७८ अर्ब ६१ करोड खर्च गर्ने छ ।

 

 

अर्थमन्त्री विष्णु पौडेलका अनुसार पूँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोड बजेट आएको छ ।

 

 

यस्तै प्रदेश र स्थानीयतहलाई वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ दिइने छ ।