नागरिकता नभई खोप लगाउन पाउनु भएको छैन,अब त्यसो भए यस्तो गर्नूहोस्

काठमाडौं। कोरोना विरुद्धको खोप यहि जेठ २५ गतेदेखि जेष्ठ नागरिकहरुका लागि लगाईदै छ । चीन सरकारबाट अनुदानमा प्राप्त भएको भेरो सेल खोपको पहिलो मात्रा नेपालभरिका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई लगाउन लागेको हो ।

 

 

खोप कार्यक्रममा नागरिकता नभएकाहरुका लागि आफ्नो नाम, उमेर र ठेगाना स्पष्ट देखिने अन्य कुनै सरकारी कागजात भए पनि पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

त्यो पनि छैन भने वडा कार्यालयलाई आफूसँग कागजपत्र नभएको जानकारी गराउन भनिएको छ । वडा कार्यालयले दिएको सिफारिस लिएर खोप लगाउन गए सजिलै लगाउन पाईने मन्त्रालयले भनेको छ ।