मनतातो पानी बिहान खाली पेटमा पिउँनूस्, यस्ता छन् पाँच फाइदाहरु

काठमाडौं। बिहान उठ्ने वित्तिकै मन तातो पानीबाट सुरुवात गर्न सके तपाईको जीवन शैली नै पनि यसले परिवर्तन गरिदिन सक्छ ।

 

मानिसले बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी पिउनाले मेटोपना घटाउनेदेखि विभिन्न स्वास्थ्य समस्याबाट टाढा राख्न मद्दत गर्छ ।

 

 

विभिन्न खोज तथा अध्ययनहरुलाई आधार बनाउँदै चिकित्सकहरुले खाली पेटमा मन तातो पानी पिउँदाका फाइदालाई निम्नानुसार सुझाएक छ ।

 

 

१-दैनिक बिहान मनतातो पानी पिउँदा शरीरको फोहोर बाहिर निस्कने गर्दछ जसका कारण मृगौला सम्बन्धि रोग लाग्नबाट जोगाउँछ ।

 

२-दैनिक बिहान मनतातो पानी पिउँदा शरीरको अतिरिक्त बोसो पग्लने गर्दछ जसका कारण तपाईको तौल नियन्त्रणमा रहन्छ ।

 

३-मनतातो पानीले खानालाई राम्रोसँग पचाउन सहयोग गर्दछ । यसले पाचन प्रणालीलाई बलियो राख्छ ।

 

 

४-नियमित रुपमा खाली पेटमा मनतातो पानी पिउनुहुन्छ भने पसिनामार्फत छालाको फोहोर निस्कने गर्दछ । यसले छालाको संक्रमणलाई पनि जोगाउँछ ।

 

 

५-दैनिक मनतातो पानी पिउँदा घाँटीमा जम्मा भएको खकार निस्कने गर्दछ । यसले श्वास सम्बन्धि रोग र दम हुनबाट जोगाउँछ ।

 

यसले कब्जियत हुनबाटसमेत जोगाउँछ ।

 

१-मनतातो पानीले तपाईको छालालाई स्वस्थ राखी चाउरी पर्नबाट पनि जोगाउँछ जसका कारण तपाई उमेर ढल्किसक्दा पनि जवान देखिनु हुनेछ ।

 

२-दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ ।

 

३-मनतातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ ।

 

४-नियमित मनतातो पानी पिउँदा शरिरमा एसिडिटी अर्थात ग्यासट्रिकको सम्भावना कम हुन्छ ।

 

५-मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।