ओलीले गरेको प्रस्तावमा नेपाल समूहको यस्तो निष्कर्ष

काठमाडौं,जेठ २४। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको प्रस्ताव माधव नेपाल समूहले अस्वीकार गरेको छ । सोमबार बसेको नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले प्रस्ताव अस्वीकार गरेको हो ।

 

 

ओलीले राखेको ६ बुँदा नै स्वीकार्य नभएको एक सदस्यले बताए । बैठकले ओलीले राखेको ६ बुँदा नै एकताका लागि नभइ जालझेलको लागि भएको निष्कर्ष निकालेको छ।

 

 

नेपाल समूहले राखेको ६ बुँदे प्रस्तावलाई ओलीले मान्न तयार भएमात्रै एकता सम्भव हुने नेपाल समूहको निष्कर्ष छ। नेपाल समूले ओलीलाई काउण्टर दिँदै लिखित विज्ञप्ति निकाल्ने तयारी गरेको छ।