कांग्रेसको पदाधिकारी बैठक,यस्ता निर्णय गर्दै सकियो

             फाइल तस्वीर

काठमाडौं,जेठ २९। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । बैठकले पार्टीको १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति ९ दिन पर सारेर १६ देखि १९ भदौमा गर्ने प्रस्ताव गरेको छ ।

 

 

यसअघि भदौ ७ देखि १० गतेसम्मका लागि महाधिवेशनको मिति तोकिएको थियो। त्यो प्रस्तावलाई पारित गर्न केन्द्रीय समिति बैठक बोलाइएको हो । केन्द्रीय कार्यसमिति बैठक असार तीन गते बिहीबार बस्‍ने भएको छ ।

 

 

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर तीन गते दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बैठक बस्‍ने जानकारी दिएका छन् ।