अखिल क्रान्तिकारीद्वारा बी.एण्ड सी. मेडिकल कलेजलाई प्रधानमन्त्री ओलीको ठाडो आदेशमा अवैध ढङ्गलबाट सम्बन्ध नदिन आयोगका उपाध्यक्षलाई दुई बुँदे (ज्ञापनपत्रसहित)

काठमाडौं,जेठ ३०। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका सबै प्रकारका विकृति एवम् विसङ्गतिको अन्त्य गरी शिक्षा र स्वास्थ्यलाई पूर्णरुपमा राष्ट्रियकरण,नि:शुल्क एवम् सर्वसुलभ गराउन निरन्तर सङ्घर्षरत रहेकाे जनाएकाे छ।

 

 

 शिक्षा र स्वास्थ्यजस्तो महत्वपूर्ण क्षेत्र जनताको पहुँचभन्दा पनि निजीकरण र व्यापारीकरण हुँदै माफिया करण गर्न सम्बन्धित निकाय नै सक्रिय रहेकाे ज्ञापनपत्रमा जनाइएकाे छ। 

 

 

त्यस्तै नेपाल सरकारका प्रधानमन्त्री स्वयम्ले माफियाहरूकाे नेतृत्व गरिरहेको झापाको बी. एण्ड सी. मेडिकल कलेजलाई अवैध ढङ्गले सम्बन्धन दिनका लागि राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई ठाडो आदेश दिनुले पुष्टी गरेकाे ज्ञापनपत्रमा जनाइएकाे छ।

 

 सरकारलाई जनताप्रति जवाफदेही हुन र आफ्नो स्वार्थसिद्धमा मात्र केन्द्रित नहुनसमेत संगठनले चेतावनी दिएकाे छ।

 

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष एवम् प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई अनावश्यक आयोगलाइ हस्तक्षेप नगर्नसमेत संगठनले चेतावनी दिएकाे छ।

 

 

त्यस्तै राष्ट्रिय चिकित्सा शिक्षा आयोगलाई अवैध ढङ्गले काम कारवाही अगाडि नबढाउन संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलकाे नेतृत्वमा महासचिव पेशल दाहाल,केन्दिय सदस्य सुलभ वैद्य,के.स मिन प्रसाद गिरीलगायका विद्यार्थी नेताहरुको उपस्थित रहेकाे जनाइएकाे छ।

 

 

 हाम्राे मागलाइ बेवास्ता गरे सशक्त सङ्घर्षमा उत्रने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार नेपाल सरकार र राष्ट्रिय चिकित्सा शिक्षा आयोग स्वयम् नै हुने संगठनले चेतावनी दिएकाे छ।

 

 

त्यस्तै आयोगकाे कार्यलयमा गएर आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाइ नै ज्ञापनपत्रकाे बुझाइएकाे अध्यक्ष गजुरेलले जानकारी दिएका छन्। 

ज्ञापनपत्रसहित-