प्रधानमन्त्री ओलीसहित दुइ मन्त्रीले दिए चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.गिरीलाई धम्की,सुरक्षा दिन माग गर्दै विज्ञप्तिजारी

काठमाडौं,जेठ ३०।  चिकित्सा आयोगका उपाध्यक्ष डा .श्रीकृष्ण गिरीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन कि हस्ताक्षर वा राजीनामा दिन धम्कीसहित दबाब दिएकाे भन्दै सुरक्षाका लागि अपील गरिएको छ ।

 

 

झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब जारी गरेको अपीलमा भनिएको छ ।

 

 

त्यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले समेत उपाध्यक्ष डा. गिरीलाई हस्ताक्षर वा राजीनामा दिन धम्की दिएकाे अपीलमा उल्लेख गरिएको छ ।

 

 

‘राज्यशक्तिको चरम दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो गुन्डागर्दी शैली भर्त्सनायोग्य भएकाे अपीलमा भनिएको छ ।

 

 

बृहत नागरिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले प्रधानमन्त्रीको सरकारी निवासलाई नै गुण्डागर्दीको थलो बनाएको भन्दै आपत्ति समेत जनाएकाे छ।

 

 

चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा. गिरीको भौतिक र मानसिक सुरक्षाकाे सुनिश्चित गर्न हामी सरकार तथा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गर्दछौं अपीलमा भनिएकाे छ ।