देशका विभिन्न जिल्लामा गएको बाढी, पहिरो र डुबानपीडितको तुरुन्त व्यवस्थापन गर्न सरकारसँग माग गर्दै अध्यक्ष सीपी गजुरेलद्धारा (विज्ञप्तिजारी)

काठमाडौं। देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले केही दिनदेखिकाे अविरल वर्षले देशका विभिन्न ठाउँमा गएकाे बाढी    पहिरोका कारण जन–धनको ठूलो क्षति भएको भन्दै दुख व्यक्त गरेकाे छ।

 

 त्यस्तै अर्कोतीर जनताहरू महामारी र बाढी पहिराेकाे चपेटामा परेका छन् भने ओलीले सरकार गठन–पुनर्गठन नै पहिलो प्राथमिकता राखेका छन्।

 

 

साथै देशमा कोभिड–१९को महामारीले त्यत्तिकै सताइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा गएकाे बाढी पहिराेले जनताकाे बिचल्ली बनाएकाे छ ।

 

 

 ओली सरकारले महामारी तथा बाढीपहिरो र डुबानलाई सर्वोच्च प्राथमिकतामा राखी उद्धार कार्य र व्यवस्थापनको कामलाई तुरुन्त अघि बढाउन जोडदार माग गर्दै अध्यक्ष सी.पी.गजुरेलद्धारा प्रेस वक्तव्य जारी गरिएकाे छ।

 

 

बाढी, पहिरो र डुबानपीडितको तुरुन्त व्यवस्थापन गर !

सिन्धुपाल्चोकलगायत देशका विभिन्न जिल्लामा बाढी, पहिरो, डुबानबाट जन–धनको ठूलो क्षति भएको खबरबाट हामी अत्यन्त दुःखित भएका छौं । ज्यान गुमाउनुभएकाहरुप्रति श्रद्धाञ्जली र उहाँहरुका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । चुनाव र सरकारको गठन–पुनर्गठनलाई पहिलो प्राथमिकतामा राखेर वितण्डा प्रदर्शन गरिरहेको ओली सरकारलाई कोभिड–१९को महामारी तथा बाढी, पहिरो र डुबानलाई सर्वोच्च प्राथमिकतामा राखी उद्धार कार्य र व्यवस्थापनको कामलाई तुरुन्त अघि बढाउन हामी जोडदार माग गर्दछौं । यसका साथै यो विपदबाट पीडितहरुलाई सहयोग गर्ने काममा लाग्न सबै नेता, कार्यकर्ता, समाजसेवी एवम् सबैमा विनम्र अनुरोध गर्दछौं ।