यार्सा संकलनका गर्न गएका ७० जनाको हेलिकप्टरबाट यसरी उद्दार गरियो

काठमाडौं। मनाङमा यार्सागुम्बा सङ्कलनका लागि लेकमा गएकाहरुको उद्दार गरिएको छ । संघीय संसदका पूर्व सांसद पाल्देन छोपाङ गुरुङ आफै सहभागी भएर यार्सा संकलनमा गएका ७० जनाको उद्दार गरेका हुन् । सबै व्यक्तिहरुलाई हेलिकप्टरद्वारा उद्दार गरि फु गाँउ ल्याइएको छ ।

 

 

लेकबाट उनीहरुलाई अल्टिच्युड एयरको हेलिकप्टरले उद्दार गरि फु गाउँ ल्याएको थियो । बिहीबारबाट मनाङमै रहेको नेपाली सेनाको हेलिकप्टरले उद्दार गरिएका ती व्यक्तिहरुलाई अब सम्बन्धित गाउँमा पुर्याउँदै छ ।

 

उद्दार गरि ल्याईएका मध्ये ३ जनाको अवस्था गम्भी रहेको बताइएको छ । उनीहरुलाई चामे लगिएको छ ।अविरल वर्षापछि पहिरो गएका कारण उनिहरु हराईरहेका थिए।

 

 

मनाङको नार्फाभुमि गाउँपालिका वडा नम्बर ५ फु गाउँका स्थानीय वासिन्दा यार्सागुम्बा टिप्न तिब्बतको सिमाना रहेको लेकमा पुगेपछि सम्पर्कविहीन भएको जानकारी आएपछि खोजी कार्य सुरु गरिएको थियो। उनीहरू गत जेठ १५ गते यार्सागुम्बा सङ्कलन गर्न लेकतर्फ हिँडेका थिए।