संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गर्न बाबुराम भट्टराईको माग

काठमाडौं। पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जतिसक्दो छिटो संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउनुपर्ने बताएका छन्।

 

 

जनता समाजवादी पार्टी (जसपा)का नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत् अब छिटो भन्दा छिटो संवैधानिक परिषद् विधेयक खारेजसहित संसद पुनर्स्थापना गरेर संविधान र लोकतन्त्रलाई ट्रयाकमा ल्याउनु पर्नेमा जोड दिएका हुन्।

 

 

बुधबार बिहान ट्वीटर मार्फत् नेता भट्टराईले अरु देश आफ्ना नागरिकलाई कोभिड खोप जुटाउन व्यस्त रहेको बेला आफूहरु भने राजनीतिक किचलोमा फसेको भन्दै यसको छिनोफानो चाँडो हुनुपर्नेमा जोड दिएका छन्।

 

 

‘अरु देश आफ्ना सबै नागरिकलाई छिटो कोभिड-१९ खोप जुटाउन व्यस्त छन्, हामी चाहिं कोही खाल्डो खनिरहने अरू पुरिरहने खेलमै समयरशक्ति खर्चने भयौं,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘अब त चेतौं-छिटो संवैधानिक परिषद विधेयक खारेजी र संसद पुनर्स्थापना गरेर संविधानरलोकतन्त्र ट्र्याकमा ल्याऊॅ! अदालत, दल र नागरिकले आआफ्नो धर्म निभाऊॅ!