बैद्य निकट विद्यार्थी संगठनद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन माग गर्दै अध्यक्ष गजुरेलद्धारा प्रेस वक्तव्य जारी

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले नेपाल सरकारले पटक-पटक पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्यवृद्धि गरेको भन्दै विरोध जनाएको छ ।

 

 

 सरकारको वारम्वारको यस्तो मूल्यवृद्धिका कारण नेपाली जनताको जीवन अत्यन्त कष्टकर बन्दै गएको संगठनले जनाएकाे छ।  

 

 

यस्तो जनविरोधी कार्यको हाम्रो सङ्गठन घोर विरोध तथा निन्दा गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन आग्रह गरिएको छ।

 

 

मूल्यवृद्धि अविलम्ब फिर्ता नलिए सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसहीत अध्यक्ष गजुरेलद्धारा प्रेस वक्तव्य जारी गरिएको छ।

 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता गर !

नेपाल सरकारले फेरि पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा प्रतिलिटर २–२ रुपैयाँको दरले मूल्यवृद्धि गरेको छ।यसले नेपाली जनताको ढाड सेक्ने काम गरेको छ।

 

 

कोभिड–१९ को दोस्रो लहरबाट सिङ्गो मुलुक नै आक्रान्त बनेको अवस्थामा जनताको जीवन अत्यन्त कष्टकर बनिरहँदा सरकार जनताप्रति जवाफदेही हुनुको सट्टा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिनुमा हाम्रो सङ्गठन उक्त कार्यको घोर विरोध र निन्दा गर्दछ ।

 

 

रोग र भोकबाट प्रताडित जनताप्रति जवाफदेही हुन नेपाल सरकारलाई हार्दिक अपिल गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिन नेपाल सरकार, आयल निगम र सम्बन्धित निकायसमक्ष हार्दिक अनुरोध गर्दछौं । अन्यथा, सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिन चाहन्छौं ।

 

 

विज्ञप्तिसहित-